चक्कु प्रहार गरी श्रीमतीको हत्या

Sharing is caring!

आइतबार बेलुका पर्साको जिराभवानीबाट भारतको बेलिया वरवा पञ्चायत–१० भंगवा माइत हिडेकी १९ वर्षकी निपु देवी गएको उनकै श्रीमानबाट हत्या भएको छ ।

२८ वर्षका श्रीमान रामबाबु हजरा दुसाद संग दिदीको गौना हुने भएकाले १९ वर्षकी निपु माइत हिडेकि थिइन । बि आर २२ एम ४५०८ भारतीय नम्बरको मोटरसाइकलमा जाँदै गरेका रामबाबु र निपुबिच बाटोमा भनाभन भएको थियो । झगडा भइरहेका बेला रामबाबुले पेट्रोल सक्किएको भन्दै मोटरसाइकल रोके ।

पेट्रोल लिएर आउँछु भनेर गएका उनले नजिकैको पसलबाट १५ रुपैयाँमा चक्कु किनेर ल्याय र चक्कुले हानेर निपुको हत्या गरेको प्रहरीले जनाएको छ । बागमोर्चा चोकबाट चक्कु किनेर फर्किएका रामबाबुले पत्नी निपुलाई सुस्ता खोलाको छेउमा लगि नजिकैको वनतुलसीको झाडीमा लडाए र चक्कु प्रहार गरी हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी फरार भएका उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखीएको र थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जनाएका छन् ।

Sharing is caring!

LEAVE A REPLY