भियतनाममा पुगेर रुविष्काले यसरी चम्काइन नेपालको नाम

भियतनाममा सम्पन्न भएको मिस एशिया अवार्ड २०१९ मा नेपाली छोरी रुविष्का श्रेष्ठले स्पोन्सर अवार्ड र सब टाइटल Truezyme Korea Award को उपाधि चुमेकी छिन् । एसियाका २५ देशका सुन्दरीहरुबीच भएको प्रतिष्प्रर्धामा रुविष्काले सो उपाधी हात पारेकी हुन् ।
२७ देशका सुन्दरीहरुबीच भएको सो प्रतिष्प्रर्धामा १७ बर्षमाथि र २७ बर्ष मुनी उमेरसमुहका सुन्दरीहरुबीच प्रतिष्प्रर्धा भएको थियो । जसमध्ये सबैभन्दा कान्छी (१७ बर्ष) प्रतिष्प्रर्धीको रुपमा भियतनाम पुगेकी रुविष्का ११ औं स्थानमा पर्न सफल भईन् ।विगत पाँच बर्षदेखि आयोजना हुँदै आएको यो प्रतिष्प्रर्धामा नेपालले पहिलो पटक प्रतिष्प्रर्धामा भाग लिएको थियो । मिस एसिया अवार्डमा रुविष्काले नै पहिलो पटक प्रतिनिधित्व गरेकी हुन । यस अघिका चार सिजनमा कुनै पनि नेपाली चेलीले मिस एसिया अवार्डमा भाग लिएका थिएनन् । यो पाँचौ सिजन हो । यसमा नेपाली छोरी अनुस्का नेपालको प्रतिनिधित्व गर्दै भियतनाम पुगेकी छिन् । नेक्स्ट मोडल नेपाल एजेन्सीमार्फत उक्त सोमा पुगेकी रुविस्काले त्यहाँ आयोजित टयालेन्ट सोमा चर्चित कोरियोग्राफर महेश केसीद्धारा कोरियोग्राफी गरिएको बज्रयोगिनी डान्स प्रस्तुत गरेकी थिईन् ।

 

LEAVE A REPLY