नेपाल लाइफको शाखा डोल्पाको दुनैमा

Sharing is caring!

शाखा विस्तारमा एग्रोसिभ देखिएको नेपाल लाइफ इन्स्योरेन्सले डोल्पामा आफ्नो शाखा सञ्जाल पुर्याएको छ ।बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनैमा नेपाल लाइफ इन्स्योरेन्सको शाखा उद्घाटन गर्नुभएको छ । सो सँगै नेपाल लाइफ इन्स्योरेन्सले त्यहाँबाट कारोबार सुरु गरेको छ ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचत समेत हुने बताउनु भयो ।

देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै अध्यक्ष चापागाँईले डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि सेवा पुर्याएकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गर्नुभयो । चापागाईले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पु¥याउन सफल भएको जनाउनु भयो ।करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा रू. ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ ।१ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

Sharing is caring!

LEAVE A REPLY