‘मिस एसिया अवार्ड’मा पहिलोपटक प्रतिनिधित्व गर्दै नेपाली चेली रुविस्का

नेपाली चेली रुबिस्का श्रेष्ठ मिस एसिया अवार्ड २०१९ मा नेपालबाट प्रतिनिधित्व गर्दै छिन् । भियतनाममा आयोजना भइरहेको सो प्रतियोगीतमा विभिन्न २५ बटा देशबाट १७ बर्षदेखिमाथि २७ बर्ष मुनीका २५ प्रतियोगीहरु सहभागी छन् । जसमध्ये सबैभन्दा उमेरकी (१७ बर्ष )कान्छी प्रतियोगीको रुपमा रुविष्काले नेपालबाट प्रतिनिधित्व गर्दैछिन् । मिस एसिया अवार्डमा रुविष्काले नै पहिलो पटक प्रतिनिधित्व गरेकी हुन । यस अघिका चार सिजनमा कुनै पनि नेपाली चेलीले मिस एसिया अवार्डमा भाग लिएका थिएनन् । यो पाँचौ सिजन हो । यसमा नेपाली छोरी अनुस्का नेपालको प्रतिनिधित्व गर्दै भियतनाम पुगेकी छिन् । नेक्स्ट मोडल नेपाल एजेन्सीमार्फत उक्त सोमा पुगेकी रुविस्काले हिजो आयोजित टयालेन्ट सोमा कोरियोग्राफर चर्चित कोरियोग्राफर महेश केसीद्धारा कोरियोग्राफी गरिएको बज्रयोगिनी डान्स गरेर देखाएकी छिन् ।

कोरियन संस्था आयोजक रहेको यो प्रतियोगीताको फाइनल आजै हुने जनाइएको छ । फाइनल आजै नेपाली समय अनुसार पौने ५ बजेबाट शुरु हुँदैछ । बृहष्पति विद्यासदन जीवविज्ञान लिएर अध्ययन गरिरहेकी रुविस्का ६ बर्षकै उमेरदेखि यही क्षेत्रमा करियर बनाउदै आएकी हुन् ।

उनले अध्ययन र करियर सँगसँगै लगिरहेको उनको मामु तथा चर्चित सौन्दयकर्मी रुस्का वैद्य श्रेष्ठले सुनाइन । रुस्काका अनुसार यस अघि नै रुविस्काले २०७६ मा नेक्स्ट मोडल नेपाल आयोजक रहेको मोडल हन्ट नेपालमा फष्ट रनर अप उपाधि हात पारिसकेकीछिन् ।

यस्तै २०१८ अक्टोबरमा कोरियामा आयोजना भएको एलबिएमए मोडल अवार्डमा नेपालबाट प्रतिनिधित्व जनाउँदै सो कार्यक्रमको ब्राण्ड एम्बसाडर बन्न सफल भएकी रुबिस्का सन् २०१९ को अप्रिलमा पुनेमा आयोजित पुने फेसन विकमा प्रतिनिधित्व जनाइसकेकी छिन् । यस्तै फेसन एण्ड मोडल अवार्ड २०१९ मा बेष्ट मोडल अफ द इयर उपाधि चुम्न सफल उनी द्धारिका होटलद्धारा आयोजित विपीडब्लुएम फेसन सोमा प्रोफेसन मोडलको रुपमा आफ्नो उपस्थिती जनाएकी थिईन । यसका अलवा रुविस्काले विभिन्न विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन् ।

यी चेलीलाई हाम्रो तर्फबाट सफलताको लागि अग्रिम शुभकामना !

LEAVE A REPLY