अध्यक्षको ज्यादतीको कारण अधिवेशनकै मुखमा नेपाल स्वास्थ्यकर्मी संघ फुटको संघारमा

Sharing is caring!

अन्य भातृ संगठनहरुमाझैं नेपाली काग्रेस निकट स्वास्थ्यकर्मीको संगठनमा भाँडभैलो देखिएको छ । अधिवेशनको संघारमा एकातिर अधिवेशनको संयोजकले राजीनामा दिएर हिडेका छन् भने अध्यक्ष जसरी पनि अधिवेशन गर्ने दाउमा छन् ।

तर संघका अधिकांश केन्द्रीय सदस्यहरु अध्यक्षको ज्यादतीविरुद्ध एकाकार भएका छन् ।विगत आठ बर्षदेखि स्वास्थ्यकर्मी संगठनका अध्यक्ष बनेका र आफ्ना आसेपासे,नेताहरुका आफन्तलाई विदेश पठाउने बाहेक कुनै उल्लेख्य काम गर्न नसकेका कारण आलोचित बनिरहेका संघका अध्यक्षका रामजी घिमिरेको ज्यादतीका कारण अधिवेशन संयोजक कृष्णप्रसाद नागिलाले गत ३० असोजमा राजीनामा ठोकेर हिडेका छन् । स्रोतका अनुसार संयोजक नागिलालाई अधिवेशनका सबै तयारी पूरा भइसकेको अबस्थामा समेत कुनै काम गर्ने नदिएको, अध्यक्ष घिमिरेसँग आवश्यक रकम,काम गर्ने जनशक्ति,प्रतिनिधि सूची माग गर्दा अध्यक्ष सम्पर्कबिहिन भएको कारण राजीनामा दिएका हुन् । दुई बर्ष अघि नै हुनुपर्ने संघको अधिवेशन अहिलेसम्म हुन सकेको छैन् । संघको अधिवेशन यही कार्तिक २२ मा तय भएको थियो । अधिवेशन गर्नका लागि संयोजक बनाइएका थिए कृष्णप्रसाद नागिला । उनलाई गत साउन ४ को बैठकले अधिवेशनको संयोजकको जिम्मेवारी दिइएको थियो ।

नागिलाले पाएको जिम्मेवारी अनुरुप २२ कार्तिकमा अधिवेशन गर्ने तय भएको थियो । र रामशाहपथ अवस्थित यलम्बर पार्टी प्यालेसमा कार्यक्रम राखिएको थियो । सम्पूर्ण तयारी भइसकेको अबस्थामा अध्यक्ष रामजी घिमिरेबाट असहयोग भएको भन्दै संयोजक नागिलाले राजीनामा दिएर हिडेका हुन् । केन्द्रीय समितिमा कार्यालय सञ्चालनका लागि कम्प्युटर सहयोगी, अधिवेशन प्रतिनिधिको नामावली र अधिवेशन सम्पन्न गर्न खर्चको लागत अनुमान पेस गर्दा पनि अध्यक्षले सुनुवाइ नगरेको नागिलाको राजिनामा पत्रमा उल्लेख छ। एकातिर श्रम कार्यालय र अर्काेतिर निजामती निजामती अन्तरगत दर्ता भएको संस्था हो स्वास्थ्यकर्मीको संगठन । विगत आठ बर्ष अध्यक्ष हुँदा पारदर्शी नभएका कारण एकातिर अधिकांश केन्द्रीय सदस्य रुष्ट छन् । ती केन्द्रीय सदस्यहरुले स्वास्थ्यकर्मी संघ फुटाएर समान्तार संघ बनाउने तयारी समेत थालेका छन् ।

Sharing is caring!

LEAVE A REPLY