खुसीको खबर : अब आबेदन दिएकै दिन स्मार्ट ड्राइभिङ लाइसेन्स पाइने

Sharing is caring!

ड्राइभिङ लाइसेन्स लिनका लागि महिनौ दिनसम्म प्रतिक्षा गर्नुपर्ने अबस्था अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले महिना दिन अघि ल्याएको मास प्रिन्टर अर्थात ठूलो क्षमताको छपाइ उपकरण प्रयोगमा आएसँगै सवारी चालक अनुमति पत्र लिनका लागि महिनाौ दिनसम्म कुर्नुपर्ने झन्झटिलो अबस्थाको अन्त्य हुने भएको हो ।
यातायात व्यवस्था विभागका  महानिर्देशक गोगनबहादुर हमालका अनुसार अबको केही दिन भित्रैमा मास प्रिन्टर प्रयोगमा ल्याइने छ ।

गोगनबहादुर हमाल,महानिर्देशक

यो प्रिन्टर प्रयोगमा आएसँगै सवारी चालक अनुमती पत्र लिन महिनौ दिनसम्म कुर्नुपर्ने झन्झटिलो व्यवस्था अन्त्य हुनेछ । मास प्रिन्टरले प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छाप्नसक्छ । डेढ महिना अघि नै ल्याइएको मास प्रिन्टरका उपकरणको जडान र परीक्षण सकिएकाले अब चाँडै सञ्चालनमा ल्याएने हमालको भनाई छ । हमालका अनु्सार अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहेको छ । यसलाई अब केही दिन भित्रमै पूर्णरूपमा सञ्चालनमा ल्याइने छ ।

विभागका अनुसार सवारी चालक अनुमती पत्र दिएकाहरुको संख्या सात लाखभनदा बढी छ । उनीहरुको अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ । काठमाडौँ उपत्यकामा सवेग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने हमालको भनाई छ ।

Sharing is caring!

LEAVE A REPLY