खोटाङको अर्खौलेमा बस दुर्घटना हुँदा १४ घाइते, ७ गम्भीर

आज बिहान खोटाङको सदरमुकाम दिक्तेलबाट विराटनगरका लागि छुटेको बस दुर्घटना हुँदा बसमा १४ जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भिर रहेको छ ।

खोटाङकै हलेसी तुवाचुङ नगरपालिका १० अर्खौले भन्ने स्थानमा को १ ख ६३२० नम्बरको यात्रुबाहक दुर्घटना भएको थियो। बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।

घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको खोटाङ प्रहरीका असई कुमार विष्टले जानकारी दिए। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

घाइते हुनेमा सुरेश विक, अमृत भुजेल, मनकुमार राई, आकाश राई, मिलन आचार्य, कल्पना आचार्य, प्रताप रिजाल छन्। यसैगरी, प्रकाश रिजाल, सुमन आचार्य, मनिसा विक, मन्दिप विक, समीक्षा विक, खामबहादुर विक र योगेन्द्र आचार्य पनि घाइते भएका छन्।

बसमा १५ जना यात्रु सवार थिए। १ जना भने सामान्य अवस्थामा घर फर्किएका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here