निर्मल पुर्जाको विश्व रेकर्ड : ७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

निर्मल पुर्जाको विश्व रेकर्ड : ७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

 नेपाली आरोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् ।ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपmल आरोहणसहित यो कीर्तिमान राखेका हुन् । यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्रदान गरेकी थिइन् । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् । उनले गएको अप्रिलबाट आफ्नो यात्रा सुरु गरेका थिए ।

गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए ।

निर्मलले कुन हिमाल कहिले चढे ?

अन्नपूर्ण, नेपाल, २३ अप्रिल

धौलागिरी, नेपाल, १२ मे

कञ्चनजंघा, नेपाल, १५ मे

सगरमाथा, नेपाल, २० मे

लोत्से, नेपाल, २२ मे

मकालु, नेपाल, २४ मे

नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई

गशरब्रुम १, पाकिस्तान, १५ जुलाई

गशरब्रुम २, पाकिस्तान, १८ जुलाई

केटू, पाकिस्तान, २४ जुलाई

ब्रोड पिक, २६ जुलाई

चो ओयू, चीन, २३ सेप्टेम्बर

मनास्लु, नेपाल, २७ सेप्टेम्बर

शिशापाङ्मा, चीन, २९ अक्टोबर

LEAVE A REPLY