यी हुन कहिल्यै पूरानो नहुने तिहारका गीत

Sharing is caring!

चर्चाका लागि जस्ता पनि गीत गाउने चलन बढ्दै छ । संष्कृति र संकारमाथि नै प्रहार गर्ने र भाषा नै बिगार्ने गरी गीतकार तथा गायकहरु आउँदैछन् । न त यस्ता सर्जकका आयू लामो हुन्छ न त यस्ता श्रृजनाकै । आज पनि तिहारको अबसरमा एउटा पूरानो गीत गुन्जन्छ दियो बाली साँझको । २० बर्षभन्दा अघि गाइएको यो गीत कहिल्यै पुरानो भएन । आज पनि यो गीत उतिक्कै लोकप्रिय छ । जब यो गीत बज्न थाल्छ तब तिहारले घर आँगन टेकेको आभास हुन्छ ।

तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्ममा राखिएको यो गीत आज पनि उत्तिकै गुनगुनाइन्छ । यो बीचमा तिहारलाई लक्षित गरी सयौं गीत बने । गाइए तर यो गीत आज पनि कालजयी बन्न पुगेको छ ।

भारतीय गायिका आशा भोस्लेको स्वरमा सजिएको यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी फिचर भएकी छिन् । रन्जीत गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको छ । ‘चिनो’ फिल्म २०४८ सालको छेकोमा रिलिज भएको थियो ।

यस्तै अर्काे कालजयी गीत बन्न पुगेको छ तिहारै आयो लौ झिलिमिली।।।’ । यो गीत घन्कन थालेपछि तिहार नजिकिएको आभास हुन्छ । बरिष्ठ निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा यो गीत समावेश छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी भैलेनी खेल्नेहरु यो गीतमा निकै रमाउने गर्दछन् ।

Sharing is caring!

LEAVE A REPLY