झमकको जीवन काँडा कि फूल कार्तिक २२ मा रिलिज हुने

Sharing is caring!

चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा सिनेमाघरमा आउँने भएको छ।

साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ को प्रदर्शन मिति तय भएको हो। सिनेमा यही कार्तिक २२ गते रिलिज हुने भएको छ। सिनेमा घिमिरे लिखित सोही नामको किताबमा आधारित रहेको छ।

सिनेमालाई विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन्। सिनेमामा झमकको बाल्यअवस्थाको भूमिकामा अवस्था थापा र व्यस्क उमेरको भूमिका रोजित वुद्धचार्यले गरेका छन्।

सिनेमामा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ।त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन्।

चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन्।

विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन्।

ट्रेलर

Sharing is caring!

LEAVE A REPLY