एनआरएनए चुनाव : मतगणनाका लागि बैठक बस्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतपत्र सिल गरिएको छ। निर्वाचन आयुक्त शिवप्रकाश रिजालका अनुसार केही बेरमा बैठक बसेर मतगणना सुरु हुनेछ।

उनका अनुसार दुई हजार पाँच सय ७० मतदाता रहेकोमा दुई हजार तीन सय ४० मत खसेको छ। आगामी दुई वर्षका लागि नेतृत्व चयनका लागि उत्साहका साथ मतदान भएको हो। एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा भएको छ।

निर्वाचन आयुक्त रिजालका अनुसार बैठक बसेर एक घण्टापछि मतगणना सुरु हुने वा भोलि गर्ने भन्ने निर्णय गर्नेछ।। ‘बैठकले भोलि बिहानदेखि मात्रै गणना गर्ने भनेमा शुक्रबारमात्र मतगणना हुनेछ’, उनले भने। अन्नपूर्णमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here