विराटनगर/ भ्रष्टाचारविरोधी छवि बनाएका प्रशासक प्रेमप्रसाद सञ्जेलको अधिकार कटौती गरिएको छ । उनको अधिकार कटौती गर्दै ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको हो ।
आफ्नो कार्यकालको छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएर वाहीवाही कमाएका सञ्जेललाई श्रम विभागले भने पत्र लेखेरै त्यसकालका मुद्दा नहेर्न भन्दै चेतावनीसमेत दिएको छ।
गत फागुन २३ मा सो कार्यालमया हाजिर भएका सञ्जेलले यो सात महिनाको अवधिमा वैदेशिक रोजगार व्यवसायी तथा दलालहरुका कारण विचल्लीमा परेका झण्डै डेढ सय जनाको २ करोड १२ लाख ठगीको पैसा असुल उपर गरिदिएका थिए भने ५६ लाख रुपैयाँ फिर्ता गराउने प्रक्रियामा छ। छोटो अवधिमा सर्वसाधरण ठगिएका २ करोडभन्दा बढी रकम दलालहरुबाट उठाएर वाहीवाही कमाएका सञ्जेललाई श्रम विभागले भने पत्र लेखेरै त्यसकालका मुद्दा नहेर्न भन्दै चेतावनीसमेत दिएको हो ।