बक्सर प्याट्रिक डेको मृत्यु

Sharing is caring!

विश्व बक्सिङका लागि बुधबारको रात निकै स्तब्धपुर्ण रह्यो। व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन भयो। अमेरिकाको सिकागोमा शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो।

चार दिनअघि चार्ल्स कनवेलसँगको प्रतिस्पर्धामा मस्तिष्कमा चोट लागेपछि घाइते प्याट्रिक डेको निधन भएको हो । डे गएको शनिबार कोमामा गएका थिए । उनी चार्ल्स कनवेलसँग भएको वाल्टरवेट प्रतिस्पर्धाको १० औँ राउन्डमा नक आउट भएका थिए ।

बक्सिङ प्रोमोटर लोउ डीबेल्लाले बुधबार डेको परिवार, साथी अनि बक्सिङ टिमका सदस्यहरुमाझ डेको मृत्यु भएको पक्का गरेका थिए ।

माइकल बफ्फरले सर्वप्रथम डेलाई अद्भूत युवा खेलाडी भन्दै श्रद्धाञ्जली दिएका छन् । बफ्फरले भने, “बक्सिङ समुदायमा सबैजना प्याट्रिक डेको मृत्युले दुःखी छन् ।”

विश्व बक्सिङ संघका अध्यक्ष माउरिसिओ सुलाइमनले बक्सिङले बहादुर, दयालु र अद्भूत साथी गुमाएको बताएका छन् ।

Sharing is caring!

LEAVE A REPLY