कहिले हुन्छ देशको विकाश ? विश्व भोकमरी सूचकांकमा नेपाल ७३ औं स्थानमा

नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहे पनि यो बर्ष ७३ औं स्थानमा पुगेको छ । को पाइएको छ ।

विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा थियो ।

विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१९ सार्वजनिक गरेको हो ।पेटभर खान नपाउने देशहरूको सूचीमा नेपाल भारतभन्दा अगाडि देखिएको छ। विश्वका एक सय ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा छ। विश्वव्यापी रुपमा पोषण र खाद्य अवस्थाको विश्लेषण गर्ने ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) २०१९ ले यो सूची सार्वजनिक गरेको हो।

दक्षिण एसियाली मुलुकमध्ये श्रीलंका ६६, बङ्गलादेश ८८, पाकिस्तान ९४ र अफगानिस्तान १०८ नम्बरमा रहेका छन्। भारतलाई पाकिस्तान, बंगलादेश तथा श्रीलङ्काले समेत उछिनेका छन्। ग्लोबल हंगर इन्डेक्सको पछिल्ला ५ वर्षको तथ्यांकअनुसार भारतमा हरेक वर्ष भोकमरी बढिरहेको छ। भारत सन् २०१४ को सूचीमा ५५ औं स्थानमा थियो भने २०१५ मा ८०, २०१६ मा ९७ र २०१७ मा १०० औं नम्बरमा परेको थियो।

विश्वका विभिन्न देशमा खाद्यान्न तथा पोषणको स्थिति सर्वेक्षण गरेर हरेक वर्ष ग्लोबल हंगर इन्डेक्सले यस्तो सूची सार्वजनिक गर्छ।
यो सर्वेक्षणले विश्वमा कुन देशमा भोकमरीको समस्या बढी छ भनेर देखाउने गर्छ। यसले खासगरी कुपोषण, शिशुहरूको पोषण अवस्था, शिशु तथा बाल मृत्युदर तथा शिशुको वृद्धि विकासलाई मापन गरेर रिपोर्ट तयार गर्छ।

२०१९को यो नयाँ सूचीअनुसार उरुग्वे, यूक्रेन, टर्कीजस्ता देश अगाडि देखिएका छन्। सबैभन्दा अन्तिम ११७औं देशमा अध्य अफ्रिकी गणराज्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here