पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

फाइल तस्वीरः नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खडका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार संग संक्षिप्त कुरा गर्दै ।

Sharing is caring!

१० वर्षयता कप्तानी गर्दै आएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिने घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् ।

 

उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन् । पारसले सन् २००९ मा विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए ।

Sharing is caring!

LEAVE A REPLY