आगामी बुधबार सहसचिव र उपसचिवको विज्ञापन खोल्ने आयोगको तयारी

Sharing is caring!

कर्मचारी समायोजनको बाहनामा लामो समयदेखि हुन नसकेको प्रशासन सेवातर्फको सह सचिव र उपसचिव तहको विज्ञापन खुल्ने भएको छ । लोकसेवा आयोगले यी तहमा झण्डै ६ सयको संख्यामा विज्ञापन गर्ने अन्तिम तयारी गरिरहेको छ ।

लामो समयदेखि यी तहमा विज्ञापन नखुल्दा अधिकृतदेखि उपसचिवतहसम्मका कर्मचारीहरु मर्कामा परेका थिए । लामो समयदेखि रोकिएको सह सचिवदेखि उपसचिव पदको आन्तरिक र वाह्य गरी ६ सय भन्दा बढी संख्यामा यी तहमा विज्ञापन खोल्ने अन्तिम तयारी गरिरहेको छ ।

आयोगका अनु्सार आगामी बुधबार नै यी तहका लागि विज्ञापन खुलाइने छ । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार आगामी बुधवार सह सचिव र उपसचिव पदका लागि विज्ञापन खोल्ने आयोगले तयारी गरिरहेको जनाए ।
आयोगले निजामतितर्फ  झण्डै २ सय सह सचिव र स्वास्थ्यतर्फ करीब ४ सय हाराहारीको संख्यामा उपसचिवको विज्ञापन खुलाउने तयारी गरेको छ ।यही संख्यामा आयोगले विज्ञापन खुलाएको खण्डमा आयोगले अहिलेसम्म गरेका विज्ञापनमध्ये ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन हुनेछ ।

Sharing is caring!

LEAVE A REPLY