तिहार अगावै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा तीन घण्टा गोप्य वार्ता

Sharing is caring!

चीनका राष्ट्रपति सी जिङफिङलाई बिदाई गरेसँगै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल हेरफेर गर्ने बिषयमा छलफल भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा तीन घण्टा लामो बैठकमा चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणको समिक्षादेखि मन्त्रीपरिषद पुर्नगठन देखि सभामुख चयनसम्मको बिषयमा छलफल भएको जनाइएको छ । दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको मन जित्ने गरी काम गर्न नसकेको भन्दै चर्काे आलोचना भइरहेको समयमा कार्यसम्पादन कमजोर देखिएका आधा दर्जन मन्त्रीहरु हेरफेर गर्ने तयारी चलिरहेको छ ।

सत्तारुढ दल नेकपा उच्च स्रोतका अनुसार, नेकपाको असोज २९ गते हुने चियापानको एक–दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने छ।

Sharing is caring!

LEAVE A REPLY