कर चुक्ताको प्रमाणपत्र लिन अब कर कार्यालय धाइरहनुनपर्ने

अनलाइन मार्फत लिन सकिने

Sharing is caring!

कर चु्क्ता गर्नसमेत झण्डटिलो व्यवस्था रहँदै आएकोमा अबदेखि यस्तो व्यवस्था हट्ने भएको छ । आन्तरिक राजश्व विभागले अबदेखि करचुक्ताको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने व्यवस्था मिलाएको छ ।
यस अघि कुनै पनि कर दाताले कर तिरिसकेपछि सोको प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने झण्झटिलो व्यवस्था रहँदै आएकोथ्यो । आन्तरिक राजश्व विभागमा नयाँ महानिर्देशकको रुपमा विनोद बहादुर कुँवरको इन्ट्री भएसँगै यो झण्झटबाट अब करदाताले मुक्ति पाउनेभएका हुन । अब नयाँ व्यवस्थासँगै करदाताका अनलाइनबाटै यस्तो सुविधा घर अर्थात कार्यालयमै बसेर लिनसक्ने व्यवस्था गरेको छ।


नयाँ व्यवस्था लागूभएसँगै अब करदाताले कर चुक्ता गरेपछि आन्तरिक राजश्व विभागको वेबसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गइ आफ्ने कर चुक्ता प्रमाणपत्रका लागि आवेदन दिन सक्ने छन्।
यसरी आएको प्रमाणपत्रमा कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर भने नहुने आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ।
विभागले पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने र्फम तथा कम्पनीको लागि अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरेको हो ।आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको बताए ।
यस अघि यस्तो व्यवस्था ठूला करदाता कार्यालयमा लागू गरिएको थियो।

Sharing is caring!

LEAVE A REPLY