कमला खोलाको बगरमा सकेट बम भेटियो

Sharing is caring!

आज (सोमबार) बिहन सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ ।

सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा गिटी तथा बालुवा चाल्ने कामदारले भेटेका हुन् । गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । बमलाई बन्दीपुर र मिर्चैया इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षा दिइरहेको छ ।

बम डिस्पोजको लागि चोहरुवा सेरगन बम डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY