ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, दुईतले घर ध्वस्त

भारतको उत्तर प्रदेशको वलीदपुर गाउँमा ग्यास सिलिण्डर पड्किँदा दुईवटा घर ध्वस्त हुनुका साथै १० जना मानिसको मृत्यु भएको छ । विस्फोटमा १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मोहम्दाबादको बलिदपुर गाउँमा यो विष्फोट भएको हो । प्राप्त जानकारीका अनुसार एक घरमा रसोई ग्यासको सिलिण्डर विष्फोट भयो जसकारण दुईतले भवन भत्कियो । अचानक भएको यो घटनामा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ । भवन भत्किँदा च्यापिएका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ । ठूलो संख्यामा प्रहरी खटिएका छन् ।

विष्फोट कसरी भयो त्यसको जानकारी प्राप्त भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।सो घटना बिहान साढे ७ बजेको हो । सिलिण्डर पड्किएपछि घरमा आगो लागेको थियो । त्यो देखेर वरपरका मानिस घरभित्र छिरेका थिए । सोही क्रममा घर भत्किएको जनाइएको छ । घरबाट मानिसहरुलाई बाहिर निकाल्ने क्रम जारी रहेको बताइएको छ । सो स्थानमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले मातहतका अधिकारीहरुलाई उद्धार र राहतका लागि तत्काल जान निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here