४५ प्रतिशत काम सकियो चिलिमे त्रिशूली प्रसारण लाइन

रसुवाको माथिल्लो क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि लाइन निर्माण गरिएको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत काम सकिएको छ ।

आयोजनाका अनुसार अहिले जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सकिएको छ भने प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको एक्काभेसनको काम सकिएको आयोजना प्रमुख सुभारम्भ बिक्रम शाहले बताएकान छन् । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबिको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । गोल्जुङदेखि थ्रिबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ ।

२०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो । सम्झौता अनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ । थपिएको समय सीमा अनुसार २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here