हाकिमसाव की म्याडम

दिनेश लम्साल

करिव १७ बर्षे जागिरका दौरानमा धेरै हाकिमहरु व्यहोरीएछ क्यारे यसो सम्झीन खोजेको सम्झन सकिएन ति मध्ये कसैका म्याडमहरुनै चिनीएन चिनीएका म्याडमहरु मध्ये सम्झन योग्य खासै भएनन् क्यारे तिनको पनि सम्झना भएनछ । अझ भनौ न ति म्याडमहरु उल्लेख्य रहेनछन् र त यादमा रहेनन् । आम मानिस झै हाकिमहरुका म्याडम ( श्रीमति ) पनि तिन प्रकारका नै भेटिए एकथरी हाकिम जस्तै निजामति सेवाका कर्मचारी, अर्काथरी जागीरे भैकन पनि निजामतीबाहेकका सार्वजनिक क्षेत्रमा कार्यरत रहेका पाइयो भने तेस्राथरी म्याडम भने बेरोजगार अर्थात श्रीमानको कमाईमा आश्रित भन्दाखेरी केटाकेटी हेर्न जागीर नखाको वा नगरेको आदि आदर्शका गफ दिनुपर्ने किसिमका ।

सम्झना भएअनुसार सत्र अठार बर्षमा करिव २२ जना जति हाकिम कमाइएछ भन्ने लाग्छ यो हिसावले हेर्ने हो भने करीव ८ महिना जति एउटा हाकिम सँग बसिएछ क्यारे यस हिसावले भन्ने हो भने हाम्रो निजामति सवैभन्दा अस्थिर सेवा रहेछ भन्न करै लाग्छ । बरु अस्थिर भन्या सरकार त कम्तिमा ९ महिना एक वर्ष चलेको छ नी तर कर्मचारीतन्त्र कसैलाई बाल मतलव । कर्मचारीतन्त्र भन्या स्थायी सरकार रे तीनलाई भन्न मन लाग्यो कसरी कसरी कसरी । एकपटक आफ्नो आफ्नो जागिर र हाकिम गन्नुस त ।

खैर म्याडमहरुको कुरा हँुदै थ्यो क्यार आफु त कता पो बहकिन थालिएछ । मैले माथी नै म्याडमहरुको बर्गिकरण त गरीसकें यहाँ म ति म्याडमहरुको बिशेषता बर्णन गर्ने जमर्को गरेको छु । कसैको जिवन सँग मेल खाएमा यसलाई संयोग मात्रै मान्नुपर्ला है सर म्याडम ।

सम्झना भएअनुसार सत्र अठार बर्षमा करिव २२ जना जति हाकिम कमाइएछ भन्ने लाग्छ यो हिसावले हेर्ने हो भने करीव ८ महिना जति एउटा हाकिम सँग बसिएछ क्यारे यस हिसावले भन्ने हो भने हाम्रो निजामति सवैभन्दा अस्थिर सेवा रहेछ भन्न करै लाग्छ । बरु अस्थिर भन्या सरकार त कम्तिमा ९ महिना एक वर्ष चलेको छ नी तर कर्मचारीतन्त्र कसैलाई बाल मतलव । कर्मचारीतन्त्र भन्या स्थायी सरकार रे तीनलाई भन्न मन लाग्यो कसरी कसरी कसरी । एकपटक आफ्नो आफ्नो जागिर र हाकिम गन्नुस त ।

पहिलो कोटामा निजामति सेवा भित्र नै रहनु भएका म्याडमहरु पारेको छु सायद आफुपनि यै कोटाको भर होला । यो प्रकारमा पर्ने म्याडमहरुको सामान्यतयाः एकै विशेषता पाइन्छ । यस्ता म्याडमहरु मुखिया देखि अधिकृत सम्मकै म्याडमहरु भेटेको छु । संयोगवस यस्ता हाकिमसाव का म्याडमहरु भने एकै कार्यालयमा सँगै काम गर्ने अवसर जुरेन र पनि केहि लक्षण नियालेको छु । यस्ता म्याडमहरु पदले जे सुकै भएपनि हाकिमकै समकक्षि हाकिम भएको भान पाएको छु मैले । उहाँहरुलाई केही भेटी नबोकिकन जानु भन्या हाकिमकै नजरमा गिर्ने अवसर हो । आफुले भने त्यस्तो अवसर भने कमै पाइयो । कहिले काही आफुभन्दा तल्लो पदमा काम गर्ने म्याडम हुनुहुन्छ भने नमस्कार खाइने आश हुँदो रैछ तर तेस्तो आस नगर्नु होला । म्याडमको पद खरीदार नै भएपनि हाकिमकी श्रीमति हाकिम्नी साव नै हो यस्तो भावना निजामतिभित्रै रहेका म्याडमहरुको पाएको छु ।

निजामति सेवा वाहिर जागीरमा रहनुहुने म्याडमहरुको भने अनौठो बानी हुन्छ उहाँहरु जो सुकै भेटेपनि खासगरी निजामतीमा रहनुभएका लाई बडो आदरभावले हेर्नुहुन्छ । उहाँहरुको तेसो गर्नुको कारण भने निजमति सेवामा सफल हुन नसक्नु एउटा कारण हुने गरेको भेटेको छु । यस्तो भावना शिक्षण पेशामा हुने म्याडमहरुमा अलि बडी नै रहने गर्दछ । अनि म सोचमा पुग्छु सायद म्याडमहरुलाई हाम्रा शिक्षातिरका साथीहरुले अलि बढि नै दुःख दिने त गर्दा रैछन कि । यसमा पनि कर्पोरेट क्षेत्रका भने निजामति सेवाका श्रीमानका कारीन्दा प्रति खासै लगाव रहँदैन तुलनात्मकरुपमा । कोहि भने हाकिमसाव सँगको सम्वन्धका आधारमा नजिक वा टाढा रहने गर्दछन् । यस्ता म्याडम बढि नै औपचारिक हुने गर्दछन ।

हाकिमकी तेस्रो दर्जाकी श्रीमतिज्युहरु पनि कम्ताका अनौठा हुँदैनन् जो अलि सोझो टाइपका हुन्छन ति त साच्चिकै तेस्रो दर्जाकै सरह रहन्छन् सकेसम्म त्यस्ता म्याडमहरु बाहिर देखिन वा चिनीन खोज्दैनन् कहिले संयागवस कोही भेट भैहालेमा पनि उनीहरु अघिपछि हुन्छन चिनीन वा चिन्न खोज्दैनन् । लाग्छ उनीहरु ठुलो बोझ लिएर बसेका छन जस्तो तेस्ता म्याडमहरुका हाकिमसावहरु पनि लुकाएरै राख्न खोज्छन सायद पत्निको आसय बुझेका हुन कि भने जस्तो । अनि म्याडमले के गर्नुहुन्छ भनेर कसैले सोधीहाल्यो भने लाग्छ सबैभन्दा गाह्रो प्रश्न नै सोधेको जस्तो अनुहार लाउँछन र भन्छन जागीर नख्वाएको केटाकेटी हेर्नुपर्यो नी एकजनाले रे । तर ती म्याडमको अनुहार हेर्यो भने हाकिमसावले दिनकै जागिर खान सकिन भन्दे गरेको कचकचले तनाव देकोले जागिर प्रति मन मर्या जस्तो ।
अर्कोतिर बेरोजगार म्याडमहरुको लिला गजवको हुन्छ । त्यस्ता म्याडमहरुको श्रीमानको कार्यालय म्याडमकै जस्तो, सहयोगी कर्मचारी पनि म्याडमकै अरु त अरु हाकिमले पाएको गाडी सुविधा पनि उनकै जस्तो । विचरा हाकिम कहिलेकाहिँ त अरुसँग लिफ्ट मागेर कार्यालय जानुपर्ने हुने अचम्म । त्यस्ता म्याडमहरुवाट आदर सत्कार खोज्नु भन्या शालिग्राम खोज्नु सरह भैगो नि हैन ।

पछिल्लो समयमा सामान्यतः जागिर खान नखोज्ने र सक्दिन कि भन्नेका लागि आरक्षणको प्रावधानले केहि उत्साह भरेको छ यसैको परिणाम आजभोलि धेरै हाकिमसावका म्याडमहरुको जागिरमा प्रवेश उल्लेख्य रहेको छ । तर सँगै अर्को खालको विकृति पनि देखा पर्दैछ । श्रीमान हाकिम भएपछि आफ्नी म्याडमलाई त सँगै राख्नुपर्यो नै नभएपनि काठमाडौं वा शहरी क्षेत्रमा पदस्थापन गर्नका लागि कम्मरै कस्ने प्रवृत्ति हावी हुँदैछ । अझ समस्या त अर्को हाकिमलाई पर्न शुरु भएको छ । अर्को ठाउँका हाकिम हाम्रो हाकिम हुन्छ अनि अर्को हाकिमकी श्रीमति म्याडम वा भाउजुलाई काम लाउनै पर्यो काम विगार्दा हकार्नै पर्यो अव म्याडम वा भाउजु नाता गरेकी कर्मचारीलाई कसरी कराउनु वा काम लाउनु फसादै हुने देखिदैछ । अवको पाँच वर्षमा यस्तै हाकिमका म्याडमहरुले सुगम भरीन्छ अनि त हामी जस्ता बबुरा कर्मचारी मारमा पर्ने पक्का जस्तै छ ।

अन्तिममा
जुनसुकै वर्गका म्याडमहरु भएनी हजुरहरु हाकिम सावका कारणले आफुलाई परिवर्तन नगर्नुस । तपाईहरु आफ्नै हैसियतमा उभिनुहोस । हजुरहरुको आफ्नै अस्तित्व छ र आफ्नै परिचयमा बाँच्न शुरु गर्नुहोस भन्ने राय छ है । हजुरहरुका श्रीमान कुनै कार्यालय वा विभाग वा मन्त्रालयमा हाकिम हुनुहोला त्यसलाई पुर्णतयाः वेवास्ता गरी देशभित्रको जुनसुकै इलाकामा गएर जागिर खाने मानसिकता तयार गर्नुस । हजुरहरुलाई शुभकामना छ ।

LEAVE A REPLY