दुई तिहाई बहुमत प्राप्त सरकारले दशैं खल्लो बनायो

हरि रोका अर्थबिद्
बिगतदेखि नेपालीहरुको महान पर्व दशैंमा आर्थिक पाटोमा भयानक चलखेल हुने गरेको पाइन्छ । यस बर्ष पनि निरन्तरता पाउने देखिन्छ । एक नेपाली नागरिक वा श्रमिकले एक बर्षभरी आर्जन गरेको तलबले दशैंका लागी नुन,तेल,लताकपडा,माछामासुदेखि दशैंका लागि आवश्यक पर्ने सर सामाग्रीहरु खरिद गर्नुपर्दछ । तर यही समयमा महंगीले अकाश छुन्छ । कालोबजारी मौलाउँछ । सरकार मुकदर्शक बनिदिन्छ ।
अहिले पनि असीमित कालोबजारियाहरुको बोलबोला छ । यही समय हो उनीहरुको कमाउन सिजन । उनीहरुको एउटै ध्यान छ श्रमिकद्धारा आर्जित रकम लुट्ने । यही समयमा केही सर्वसधरण गरगहना खरिद गर्न लाग्छन् । त्यहाँ पनि धेरै आर्थिक चलखेल देखिन्छ । मुलुकको अर्थतन्त्रको पाटोलाई केलाउने हो भने सबैभन्दा बढी आर्थिक कारोबार हुने समय हो यो । व्यापार हुनु,मुद्रा चलायमान हुनु देशका लागि फाइदाको कुरा हो । राम्रो पाटो हो । तर हामीकहाँ कालाबजारीयाहरुले नै बजार ओगटेका छन् । जसका कारण अर्थतन्त्रमा नराम्रो गरी मुक्का प्रहार भएको छ । हाम्रो देश उत्पादनमा आधारित मुलुक हो । तपाई हामी वा हरेक नेपाली कहीँ न कहीँ उपभोक्ता वा क्रेता बनिरहेका हुन्छौं । अघिल्लो बर्ष र अहिलेको बजारको स्थिती हेर्नुहोस । पोहोर आठ सय देखि हजार रुपैंया किलोमा पाइने खसीको मूल्य अहिले १४ सय माथि पुग्दैंछ । यो महंगीले के संकेत गर्दैछ भने अब हप्तामा एक पटक मासु किनेर खान सक्ने स्थिती टाढा हुँदैछ । पछिल्लो महिनामा तरकारीको मूल्य एक सय प्रतिशतसम्म बढेको छ । दुई तिहाई बहुमत प्राप्त स्थिर सरकार । जनतालाई सुशासन प्रत्याभुष गराउँला । बजारका विचौलियाहरुको चंगुलमा नपर्ला भन्ने सोचेका थिए धेरै जनताले । तर यसरी महंगीको मारमा जनता पिल्सदै गर्दा सरकार मुकदर्शक छ । बजार अनुगमनका नाटकहरु त चल्छन् । तर त्यसका प्रभाव कहिँ केही देखिँदैन् । अझैं पनि उही पूरानो ढर्राबाटै मुलुक अघि बढिरहेको छ । जीवनभर गरिब जनताकै लागि सर्वहारा वर्गका लागि लडाई लडेका मन्त्रीहरु सत्तामा छन् ।अझैं क्रान्तिकारी मन्त्रीले उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयको कमाण्ड गरिरहेका छन् । यही समयमा महंगी अकासिएको छ । कालाबारीयाहरु मालामाल भएको स्थिती छ । मुलुकको व्यापार घाटा चुलिँदो छ । शोधनान्तर स्थिति आव २०६६/६७ पछि पहिलो पटक ६७ अर्ब ४० करोडले ऋणात्मक छ । हामी कृषि प्रधान मुलुकका बासिन्दा । भारतबाट चामलमात्र ३२.२२ अर्ब र तरकारीमात्र १४.६१ अर्बको आयात गरेका छौं अघिल्लो बर्षमा । यस्तै सुन आयात ३४.६३ अर्बको भएको तथ्यांक देखिन्छ । प्रत्यक्ष बैदेशिक लगानी अघिल्लो आवमा १७ अर्ब ५१ करोड आएकोमा यस वर्ष २५.४ प्रतिशतले घटी १३ अर्ब ७ करोड मात्र भित्रिएको छ । यी सबै कारणले विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको अबस्था छ । र हामी दशैं पर्वको संघारमा छौं । दशैं पर्व मनाउँदैं छौं । अहिले पोहोरभन्दा बजार मुल्य अकाशिएको अबस्था छ । जनताको एउटै गुनासो सुन्न पाइन्छ दुई तिहाई बहुमत प्राप्त सरकारले हाम्रो दशैं खल्लो बनायो ।

LEAVE A REPLY