बलिरिहत दशैं मनाऔं

डा.गोविन्द टण्डन,संष्कृतिविद्
दशैँ भन्नाले आर्थिक सामाजिकस्तरले आ–आफ्नो क्षमता अनुसार मान्ने पर्व । यसलाई बिजया दशमी,बडा दशैं पनि भनिन्छ । र, यो नेपालको साझा अनि मौलिक चाड हो । नेपालीहरुको मुख्य चाँड भनेकै दशैँ,तिहार र छठ पर्वहरु हुन् । यी सबै पर्विहरु बसन्त ऋृतुमै पर्दछ । तसर्थ कतिले यसलाई बसन्त उत्सव पनि भन्ने गरेको पाइन्छ । यी पर्वहरु केही दिनकै अन्तरालमा मनाइन्छ । यस कारण पनि यी चाडपर्वको आफ्नै अलग्गै महत्व छ ।यी पर्वको अवसरमा कर्म वा अध्ययनका सिलसिलामा स्वदेश वा बिदेशमा पुगेका आफ्ना नातागोता,छोराछोरी,इष्टमित्र कुटुम्ब जन्मथला फर्कन्छन् । परिवार तथा आफन्तजनसँगै बसेर रमाइलो गर्दछन् ।बिशेषतःआफ्नो संस्कृतिलाई माया गर्ने एंव संष्कृति संरक्षण गर्नका लागि परदेश पुगेका नेपालीहरु यही समयमा स्वदेश फर्कन्छन् । यी कारणले पनि दशै,तिहार र छठजस्ता पर्वहरुको महत्व भरपुर झल्काएको छ । सबै नेपाली जातजातीले यी पर्वलाई स्वागत मात्र होइन् । यी पर्वहरुको बिदाईमा समेत उस्तै रसरंग र उल्लास मनाउँछन् । यद्यपि नेपालीहरुको पहिलो र महान पर्व भनेको दशैं हो । जसको पहिचान मुलुकभर फैलिएको छ ।
यो पर्वको अवसरमा हामीले अग्रजहरुबाट टीकाटाला लगाउँछौं साथै आर्शिवाद लिन्छौं । सानाले अग्रजहरुको सम्मान गर्ने र आशिष थाप्ने पर्व हो यो । यस्तो चलन विश्वका अन्य कुनै पनि मुलुकमा छैन् । दशैको अर्को अर्थ उपहार हो । असल कर्म गर्दा वा गर्नका लागि उपहार दिने हाम्रो चलन पूरानै हो । नेपाल त्यस्तो मुलुक हो जहाँ आफुभन्दा अग्रज (बुबा÷ आमा) को पाउ ढोगिन्छ एंव सम्मान गरिन्छ । यस प्रकारको ढोग भेटको चलन विश्वका अन्य मुलुकहरुमा पाँइदैन् । देखिएको छैन् । आफू र आफ्नो परिवारलाई खुसी राख्नुनै दशै हो । तर पछिल्लो समयमा नेपालमा दशैंका नाममा बिकृति बढेको देख्न पाइन्छ । माता भगवतीलाई खुसी पार्ने नाममा दशैंमा बलि दिने प्रचलन कदापि राम्रो होइन । यो गलत हो ।
यसरी दशैका नाममा गलत कर्म गर्न थालेपछि यसको महत्व के रहन्छ ? र, यस्ता खालका बलि प्रथा भगवतीले मागेका पनि होइनन् । यो त केवल हामीजस्ता लुच्छा मानिस आफैंले शुरु गरेका हौं । भनौं, न खानाका लागि आफैंले बनाएको नियम हो । यो बाहेक अरु केही होइन । दशैंको प्रचलन हिजो वा आजदेखि मात्र चलेको होइन् । यो त परापूर्व कालदेखि चलिआएको पर्व हो । पशुताको बलि दिन भनिएको हो । तर हामीले गलत गरिरहेका छौं । निर्दाेष पशुको बलि दिएर । खासमा पशुताको बलिको अर्थ हुन्छ, काम, क्रोध,लोभ,मोह र मोक्षको बलि तर स्वादका लागि वा खानाको लागि चतु¥याईपूर्वक भगवानको नाम जोडेर पशु बलि दिने चलन व्याप्त बन्यो । यी र यसप्रकारको गलत कर्मले दशैंलाई शूभ बनाउन सक्दैंन । अहिले दशैं पर्वका नाममा जन्तु वा पशुबलि दिने प्रचलन बढ्दो छ । यसलाई रोकथाम गर्न सक्नुपर्छ । अझैं पनि मानिसमा पशुताको ब्यवहार छ । कुनैपनि जन्तुलाई बलि दिनु पर्छ भनेर शास्त्रमा उल्लेख छैन् । त्यसलाई बंग्याएर हामीले उल्टो काम गर्दैछौ । संसारको सृष्टि जसले ग¥र्यो उसैले नै त्यसलाई खान्छ भनेर आफूले बलि खानको लागी भगवानको नाम बेच्नु गलत हो । रामायण र महाभारतमा उल्लेख भएअनुसार कुनै व्यक्तिले आफ्नो स्वार्थका लागी पशुपन्छिलाई मा¥र्यो भने त्यसको जति रौं छ त्यतीनै उसको आयु कष्ट भोग्नु पर्ने अर्थात रौरब नरकमा बस्नु पर्छ । त्यस्तै महाभारतमा भनिएको छ, जसले पशुपन्छीलाई ढँुगा हान्दैन र मार्दैन उसले हजारौ कृति गरेको बराबरको फल पाउने छ । यसकारण दशैंजस्तो शुभ पर्वमा मारकाट गरेर अशुभ नबनाआंै । सबै नेपालीजनमा दशैंपर्वको शुभकामना ।
०००

LEAVE A REPLY