जहाँ उनै मारवाडी, त्यहीँ घरभाँडी

पहिला जहाँ–जहाँ राजेन्द्र खेतान र विनोद चौधरीजस्ता मारवाडी भित्रिन्थे त्यहीँ लफडा हुन्थ्यो । पदको भागबण्डा नमिल्दा संस्था दुई चिरा हुन्थ्यो । उद्योग वाणिज्य संघदेखि सामाजिक सेवाभावले खोलिएका मारवाडी परिषद्समेत यिनैको लफडाका कारण दुई फक्ल्याटा भएका छन् । अहिले यही पथमा, अर्का मारवाडी पशुपति मुरारका आइपुगेको बताइन्छ ।
सिमेन्ट उत्पादक संघमा उठेका उनी अर्घाखाँची सिमेन्ट उद्योगका मालिक हुन् । गत बिहीबार सम्पन्न महाधिवेशनमा कसैको रोजाइमा परेनन् । बरु छानिए नेपाल इञ्जिनियरिङ एशोसिएसन (एनइए)का पूर्वअध्यक्ष धु्रव थापा । हाल सिमेन्ट उत्पादन गर्ने ६१ कम्पनी छन् । उत्पादक संघमा भने सरकारी स्वामित्वको हेटौंडा, उदयपुर र अर्काे एक सदस्य आबद्ध छैनन् ।
उपाध्यक्षमा अग्नि सिमेन्टका ताराप्रसाद पोखरेल, महासचिवमा विशाल सिमेन्टका जयन्त चूडाल छानिँदा युनाइटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, इन्टरनेशनल सिमेन्टका राजनकुमार झा, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम् सिमेन्टका सुरेन्द्र गोयल निर्विरोध छानिएका हुन् । अध्यक्षको आकांक्षी बनेका पशुपति हारेपछि संघ फुटाउने तयारीमा लागेको एक उद्यमीले सुनाए ।

उनी अब नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघको अध्यक्ष बन्न लागिपरेको बताइन्छ ।
मुरारकासँगै ताराचन्द्र केडियाहरूको लगानी रहेको बृज, जगदीशकुमार अग्रवालहरूसहित पशुपतिको लगानी रहेको सिद्धार्थ सिमेन्ट, उनै पशुपतिको लगानी रहेको सुप्रिम, जगदम्बा सिमेन्ट उद्योग संघका मालिक विष्णुप्रसाद न्यौपानेहरू पनि बाहिरिने तयारी छ । नेपाल दुई वर्षमा सिमेन्टमा आत्मनिर्भर भएको छ । १५ मिलियन टन उत्पादन क्षमता रहेको यो क्षेत्रबाट वार्षिक १० मिलियन टन उत्पादन हुँदै आएको छ । पशुपतिहरूको अब्जेक्सनचाहिँ हाम्रा सिमेन्टको गुणस्तर ६ पिएनजिओ हुनुपर्ने थियो ।
अहिले ५३, ४३ र ३३ ग्रेडका सिमेन्ट उत्पादन हुँदै आएकोमा ३३ ग्रेडको सिमेन्ट ६ पिएनजिओ रहेको छ भने अन्य सिमेन्ट ५ मात्र । कार्यसमितिले गुणस्तर भारतीय स्ट्यान्डर्ड अर्थात् एमजीओ ६ प्रतिशत राख्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिने भनेको थियो । तर, ध्रुव थापासहित पदाधिकारीले ५ एमजीओमै सम्झौता गरिदिए । यसपछि विवाद चुलिएको हो । विद्युत् उपयोग गरेबापत यसबीच पशुपति मुरारका स्वामित्वको अर्घाखाँची सिमेन्टले ४२ करोड, प्रवलजंग पाण्डे तथा ध्रुव थापाहरूको कसमस सिमेन्टले १३ करोड, विश्व गोयलहरूको मारुती सिमेन्ट उद्योगले ६० करोड, सम्राट् सिमेन्ट उद्योगले साँढे ६ करोड तिर्न बाँकी छ ।

यस्तै सूर्य नेपालले ६ करोड, शेखर गोल्छाहरूको हुलास स्टिलले २२ करोड, दाङको घोराही सिमेन्टले ७५ करोड, रोल्पा सिमेन्टले ३ करोड रूपैयाँ बुझाएका छैनन् । सोनापुर सिमेन्टले समेत ४० करोड बुझाउन आनाकानी गरेसँगै बिल तिर्न ताकेता गरिएपछि ती उद्योगी अदालत पुगेका थिए ।

LEAVE A REPLY