आज सुनको भाउ ह्वातै घट्यो, हेर्नुस यस्तो छ आजको भाउ

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY