बहुउपयोगी कुरिलो, स्वास्थ्यका लागि फाइदैफाइदा

कुरिलो एक औषधिजन्य वनस्पति हो ।
यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ्र यो नेपालका सबै जसो भू भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो्र काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन्र फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन्र पाकेपछि फल राता वा नीला रंग क हुन्छन ्र यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन्र आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ्र खास गरि यसको जरा लाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ्र स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ्र यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।

यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

यी हुन् कुरिलोका फाइला

कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ। साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ।
कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ।
कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ। यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ।
कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ।
कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ।
कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ।
कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ। यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ। उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ।

LEAVE A REPLY