बैतडीका ग्रामीण सडक अवरुद्ध

दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले बताएका छन् । विभिन्न ठाउँबाट दशैँं मनाउन आफ्नो पुख्र्यौली थलोमा फर्कनेलाईसमेत समस्या भएको छ ।

जिल्लाको तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा बाधा पुगेको मेलौलीका केशवसिंह भाटले बताए । सडक हिलाम्य हुँदा दशैँका लागि घर फर्कने तथा पुख्र्यौली घरमा आउनेहरु महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य भएका उनले बताए ।

लगातारको वर्षात्ले सडकमा गाडी गुडाउन असहज भएको छ । यस्तै श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाल लगायतका सडकमा पनि वर्षातका कारण सवारी साधन सञ्चालनमा समस्या आएको छ । दशैँको मुखमा वर्षा भएकाले दशैँका लागि तराईबाट पहाड झरेकालाई गन्तव्यमा पुग्न मुस्किल भएको छ । कतिपय ठाउँमा हिँडेरै जानुपर्ने बाध्यता आइलागेको छ ।

 

 

LEAVE A REPLY