दशैंको लागि भित्रिए १४ हजार पशु

Sharing is caring!

दशैँका लागि काठमाडौं उपत्यकामा १४ हजार ५ सयको सङ्ख्यामा पशु भित्रिन थालेका पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

बाँके, बारा, नवलपरासी, नेपालगञ्ज र रौहट लगायतका जिल्लाबाट ६ सय २५ गोटा राँगाभैँसी भित्रिएको छ। त्यस्तै १ हजार ८१ गोटा खसीबोका भित्रिएको तथ्याङ्कले देखाएको छ। ती खसीबोका दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चिवतनबाट भित्रिएका हुन्। तथ्याङ्क अनुसार चितवन, नवलपारासी, कैलाली, धादिङ र नुवाकोटबाट ११ हजार ३ सय गोटा कुखुरा भित्रिएका छन्।

यी बाहेक आज ४ हजार च्याङग्रा काठमाडौं भित्रिन लागको क्वारेन्टाइन उप–प्रमुख सम्झना कुमारी काफ्लेले जानकारी दिइन्। उनका अनुसार टिमुरे नाकाबाट आयात भएका च्याङ्ग्रा भने त्यहीँको बजारमा खपत हुने छ।

Sharing is caring!

LEAVE A REPLY