सभामुख महराले पदबाट अलग रही घटनाको छानबिनमा सघाउनुपर्छ

बुटवलमा मंगलबार बिहान रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

घटनाबाट आफू स्तब्ध भएको भन्दै थापाले कानूनी राज्यको सीमाभित्र रहेर घटनाको निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने बताएका हुन् । घटनाको निष्पक्ष छानबिन गर्नका लागि आफ्नो पदबाट अलग रहेर छानबिन गर्न सघाउनुपर्छ । घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको छ । कानूनी र संसदीय सर्वोचतामाथि आँच पुगेको छ । प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ ।’

पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निरासा पैदा गराएको उनले बताए । कांग्रेसले गठन गरेको छायाँ सरकार सहीरूपमा अगाडि बढ्न नसकेको थापाले स्वीकार गरे ।

LEAVE A REPLY