यात्रु ठगे तत्काल कारवाही

काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकरुलाई सुरक्षित यात्राको शुभकामना सहित सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यातायात क्षेत्रमा कुनै पनि गुण्डागर्दी चल्ने नदिने बताएका छन् ।

उनले बसको टिकट बिक्रीमा कुनै विचौलीयाहरु देख्न र सुन्न नचाहेको भन्दै यदी कसैले विभिन्न बहानामा ठगि गर्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले चार्डपर्वको मौका पारेर यात्रुलाई ठगि गरेको पाइए तत्काल कारवाही गर्न प्रहरीलाई निर्देशन समेत दिए ।

यस्तै, प्रहरी महानिरीक्षक खनालले चार्ड पर्वमा अमर्यादित कृयाकलाप गर्नेलाई पनि नछाडने चेतावनी दिए । ‘कुना कापचामा लुकेर दादागिरी भइरहेको भए समयमै सुधिनुहोस्’ उनले भने, ‘कान खोलेर सुने हुन्छ ।’

LEAVE A REPLY