निर्दयी बाबु, छोरालाई स्टील झुसले रगडेर नुन खोर्सानी लगाउने, छोरीको हातै भाँचिदिए

थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ।

स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए। वडा अध्यक्ष तामाङका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संम्योग राई, १३ र १५ वर्षीय छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएपछि मात्रै बाहिर आएको हो।

थाहा खबर लेख्छ पटक पटकको यातना सहन नसकेर पीडित बालबालीकाहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन्। केहि दिन अगाडीको यातानाबाट ९ वर्षीय बालकको ढाँडमा गहिरो चोट लागेको छ। बालकको बयान अनुसार ती निर्दयी बाबाले पछिल्लो पटक भाडा माझ्ने स्टीलझुसले ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका थिए। सोहीकारण ती बालको डाँडमा भएको पुरै घाउँ अहिले पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन्। त्यस्तै १३ वर्षिया छोरीको पनि बाबुको पिटाईबाट १० महिना अघि हात भचिएको पीडितले बताएका छन्। आफ्नै बाबुको कुटाईबाट हात भच्चिएपनि त्रासका कारण ढाटेर उपचार गराएको पिडित बालिकाले वडा कार्यलयमा बयान दिएकी छन्।

LEAVE A REPLY