जवरजस्ती करणीको आरोप लागेपछि सभामुख महराले यसो भने

सोमबार एक महिला कर्मचारीले श्रीमान घरमा नभएको मौका छोपी महराले आफुलाइ जवरजस्ती करणी गरेको आरोप लगाएकि छिन् । संघिय संसदका सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणीको विषयमा धारणा सार्वजनिक गरेका छन् । उक्त विषयमा सभामुख कृष्णबहादुर महराको सचिवालयले खण्डन प्रकाशित गरेको छ ।

सभामुख कृष्णबहादुर महराले उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई बताएका छन् । सभामुख महराले केही बेरअघि भने,‘‘मैले यसबारेमा छानबिनका लागि आफू सहज वातावरण बनाइदिन तयार रहेको बताएको छु ।’’

तपाईँले राजीनामा दिन लाग्नु भएको हो भन्ने बाह्रखरीको प्रश्नमा भने,‘‘अहिले नै त्यसो नभनौं । एक दुई दिन पर्खौं । त्यो घोषणा गर्ने बेला भएको छैन । वातावरण सहज बनाउन म तयार छु ।’’ उनले आफूले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि पछिल्लो घटनाक्रमबारे कुरा गरेको जनाए ।

LEAVE A REPLY