भृकुटीमण्डपको ठूलो चौरमा जुत्ताचप्पलको दशैं मेला, ७५ प्रतिशतसम्म छुट

दशै तिहारको अवसर पारेर नेपालका नाम चलेका ठुला जुत्ता चप्पल कम्पनीहरुले काठमाडौको भृकुटीमण्डपको ठूलो चौरमा आयोजना गरेको मेलामा दशै नजिकिदै गर्दा ग्राहकहरुको भीड बढेको छ।

मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज र सुल्याण्डका जुत्ताचप्पल राखिएका छन। मेलामा २ सय ५०, ५ सय, ८ सय, १ हजार र १५ सय रुपैयाँमा छानीछानी विभिन्न डिजाइनका जुत्ताचप्पल उपलब्ध गराइएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए।

‘मेलामा दशैंको किनमेल गर्ने उपभोक्तालाई १० देखि ७५ प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइरहेकाछौ,’ न्यौपानेले भने । मेला आगामी असोज १७ गतेसम्म चल्ने छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानन्यायाधिश शुसिला कार्की समेतले मेलामा सपिङ गरेको समाचार वाहिरिएसँगै मेलामा खरिद गर्न आएका उपभोक्ताहरुले देउवा र कार्कीले खरिद गरेको जुत्ता च्चपलको बारेमा पनि सोध्ने गरेको शिखर शुजकी निर्देशक संगिता कडरिया प्रसाईले बताइन।

दशैको सपिङ मेला भएपनि कम्पनीहरूले उल्लेख्य छुट दिएका कारण उपभोक्ताहरुको चाप बढेको हो। नेपालीहरुको महान चाड बडा दशैलाई लक्षित गरि गरि असोज एक गतेदेखि सुरु भएको अचम्मको अफरवाला मेला १७ गते फुलपातिको दिनसम्म रहने छ।

LEAVE A REPLY