दशैंमा उपभोक्ता रुवाउँदै प्याज

पहिला प्याज काट्दा आँशु आउथ्यो अहिले किन्दा

Sharing is caring!

नेपालीको घरआँगनमा दसैँको चटरो परिसकेको छ । दसैँमा आवश्यक सरसामग्री किन्ने भीडा बजारमा बढिरहेको छ ।

दसैँको रमझम सुरु भए पनि यसपालि तरकारीजन्य वस्तुको भाउ अकासिँदा आमउपभोक्ता रुनु न हास्नुको स्थितिमा पुगेका छन् । विशेषगरी नेपालीको भान्सामा अत्यावश्यक सुकेको प्याज दोब्बरले बढ्दा उपभोक्ता मारमा परेका छन् ।

गत भदौ १३ गते खुद्रा मूल्य प्रतिकेजी ६८ रुपैयाँमा पाइने सुकेको प्याज अहिले १३५ रुपैयाँ पुगेको छ । एक महिनाकै अवधिमा सुकेको प्याजको भाउ झनै शतप्रतिशत वृद्धि हुन पुगेको छ ।

नेपाली बजारमा सुकेको प्याजको भाउ अझै बढ्न सक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुमान छ । समितिका अनुसार नेपाली बजारमा यहीँ उत्पादित सुकेको प्याज पर्याप्त छैन । यसको आधाभन्दा बढी हिस्सा भारतबाट आयात हुने सुकेको प्याजले धानेको छ ।

भारतको केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्रालयले भारतमा बढ्दै गएको सुकेको प्याजको मूल्य नियन्त्रणमा लिन अन्य देशमा निर्यात रोकेपछि प्याजको भाउ अझै बढ्न सक्ने पक्का भएको छ ।

चाडपर्वका बेला भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली उपभोक्तालाई सुकेको प्याजमा हुन सक्ने बढोत्तरीले रुवाउने पक्का भएको छ ।

सामान्य अचारदेखि सबैखाले तरकारीमा प्रयोग हुने सुकेको प्याज अब यो साताभित्रै दुई सय प्रतिशतले बढ्न सक्ने व्यापारीहरु अनुमान लगाउँछन् । यदि सुकेको प्यास २०० प्रतिशतले बढेमा यसको मूल्य प्रतिकेजी २२० रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान लगाइन्छ । प्याजको कालोबजारी पनि सुरु भइसकेको छ ।

Sharing is caring!

LEAVE A REPLY