शनिबार पनि देशभर वर्षा

Sharing is caring!

दशैं नजिकिँदै गएपनि आकाश खुल्ने देखिएको छैन। आगामी तीन दिन पनि देशभर सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । यसैगरी मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन् ।

जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वका थोरै तथा पश्चिमका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Sharing is caring!

LEAVE A REPLY