दैलेखमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो

Sharing is caring!

दैलेख सदरमुकामबाट उमका लागि जाँदै गरेको जीप दुर्घटना भई दुई जनाको मृतयु भएको छ । दैलेखको डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा शुक्रबार राति भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक(डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पुर्‍याइएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकोले चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY