यही बर्ष २९३७ निजामती कर्मचारीले अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

अहिले बहसमा छ निजामती कर्मचारीको उमेर हद ५८ बाट ६० बर्ष पुर्याउने । अन्य सेवा समूहका कर्मचारीहरुको उमेर हद ६० देखि ६२ बर्षसम्म भएको अबस्थामा निजामती सेवाका कर्मचारीहरुको उमेर हद २ बर्ष थप्ने प्रयास हुँदैछ । यो विद्येयक उपर संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा लामै टलफल चल्यो । यद्यपि संस्दको बर्खे अधिवेशन समाप्त भइसकेको हुँदा आगामी संसदको अधिवेशनबाट मात्र निजामती कर्मचारीको उमेर हद सम्बन्धी प्रस्तावनामा ठोस निष्कर्षमा पुग्न सकिने छ ।
सो विद्येयकमा निजामतीको उमेर हद २ बर्ष थप्न सम्भव नभएको खण्डमा यही आर्थिक बर्षमा झण्डै तीन हजार निजामती कर्मचारीले अवकाश पाउने भएका छन् । निजामती किताबखानाका अनुसार उमेरहदका आधारमा झण्डै ३ हजार निजामति कर्मचारी यही आर्थिक बर्ष भित्रमा घर जाने भएका हुन् । तल्ला तहकादेखि सचिवसम्म गरी यही आर्थिक बर्षभित्रमा निजामती सेवाका २ हजार ९ सय ३७ कर्मचारीले अनिवार्य अवकास पाउन लागेको निजामती कितबखानाको तथ्यांकले जनाउँछ ।
निजामति कर्मचारीको ५८ बाट ६० बर्षे सेवा अवधि रहनेगरी सरकारले संसदमा बिधेयक पारित भई लागू भएको खण्डमा केही कर्मचारीको सेवा अवधी दुई बर्ष थपिनेछ ।

सूची हेर्न तल क्लिक गर्नुहोस :

abakash

LEAVE A REPLY