कक्षा ११ को नतिजा प्रकाशित,यसरी हेर्नुहोस

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल  प्रकाशित गरेको छ । गत जेठमा  भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो ।

देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभागी थिए ।

परीक्षामा २ हजार ३१९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।

यस्तै, ५४ हजार ८१६ ले २.४१ देखि २.८० जिपिए, ८४हजार २३९ ले २.०१ देखि २.४० र ८९हजार ६५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।

यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १७१ ले ०.८१ देखि १.२०, २१ हजार ३४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।

विद्यार्थीहरुले नतिजा राष्ट्रिय परीक्षा बोर्डको  www.neb.gov.np  नेपाल टेलिकमको  www.neb.ntc.net.np इयुजोनिक्स एजुकेशन प्रा.लि. को www.edusanjal.com  दकनेक्ट प्लस प्रा.लि., नागार्जुनको www.theconnectplus.com, कान्तिपुर डिजिटल कपरिसन प्रा.लि. को www.ekantipur.com, www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो विद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र  हेर्न सकिने छ ।

LEAVE A REPLY