संविधानको विरोध गर्ने ६जना पक्राउ

दाङमा कालो पट्टी बाँधेर संविधानको बिरोध गर्दै कालो प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लमहीमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीकम प्रमुख प्रज्ज्वल थपलियाले बताए। पक्राउ परेका व्यक्ति थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको छ। पक्रउ परेका व्यक्ति बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।

LEAVE A REPLY