प्रतिबन्धित लागुऔषध बिक्रीको आरोपमा क्लिनिक संचालक पक्राउ

प्रतिबन्धित लागुऔषध र औषधि बिक्रि वितरण गर्ने ३२ वर्षीय मेसक कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका –४ बलियास्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषधी तथा प्रतिबन्धित औषधी फेला परेपछि क्लिनिक सञ्चालकलाई पक्राउ गरीएको हो । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य क्लिनिकमा चेकजाँच गर्दा लागुऔषध तथा प्रतिबन्धित औषधि फेला परेको थियो। उनले बिक्री गर्दै आएका लागुऔषध तथा प्रतिबन्धित औषधि प्रहरीले जफत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जनाएका छन् ।

LEAVE A REPLY