चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक

काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी हाँस्यकलाकार दीपक गिरी र दीपाश्री निरौलाको अर्को भेन्चर ‘छ माया छपक्कै’ ट्रेलर रिलिज गरिएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको यो भन्दाअघि रिलिज भएको गीत ‘जुनको जुनेली’ले राम्रो हाइप लिइरहेको छ ।

चलचित्र असोज २४ गते रिलिज हुनेछ । फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा भन्छ । रोहित अधिकारीको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY