बालिकालाई जर्वजस्ति करणी गर्न खोज्ने एक पक्राउ

रुकुमपश्चिममा १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् । घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जनाएका छन् । उनका अनुसार पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले प्रहरीले बताय ।

LEAVE A REPLY