जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला

दाङको एक जङगलमा शुक्रबार च्याउ टिप्न गएका बालबालिकाले अन्दाजी एउटी ३५ वर्षीया महिलाको शव फेलाा पारेका छन् । लमही ७ उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले देखेर प्रहरीलाई खबर गरेका हुन् । उक्त शव सडेगलेको अवस्थामा रहेकोले अमेलिया इलाका प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सदरमुकाम पठाएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जनाएका छन् । साथै घटनाबारे थप अनुसन्धान भईरहेको शाहाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here