गोताखोर अरुण नदीमा बेपत्ता ६ जना खोज्दै

मंगलबार राति संखुवासभाको अरुण नदीमा खसेको जीपसँगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजी भैरहेको छ । गोताखोरको टोलीले बिहीबार दिनभर खोजी गरे पनि बेपत्ता भएकाहरु अहिलेसम्म फेला परेका छैननत् । शुक्रबार बिहानैदेखि फेरि खोजी जारी राखिएको हो । नदीको पानी चिसो र बहाव धेरै भएका कारण समस्या भएको बताइएको छ । बेपत्ताको खोजीमा चितवनबाट आएका सशस्त्र प्रहरीका चारजना गोताखोर संलग्न छन् । दुर्घटनास्थलको गहिराइ करिब ४० देखि ६० फिटसम्म रहेको अनुमान गरिएको छ । दुर्घटनास्थलको प्रकृति हेर्दा जीपसहित ६ जना बेपत्ता दुर्घटनास्थलकै आसपासमा डुबेको हुनसक्ने अनुमान गरी खोजी जारी राखिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here