प्रधानमन्त्रीलाई ३० करोडको नयाँ भवन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा हिजो शिलान्यास गरेका छन् ।

साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी आज शिलान्यास भएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए ।

उक्त भवन बालुवाटरमा प्रधानमन्त्रीका लागी ३० करोड बराबरको भवन शिलान्यास भएको छ । पहिलाकै भवन नजिकै निमार्ण हुन लागेको उक्त भवन ९ महिना भित्रमा निर्माण सम्पन्न हुनेछ । पहिलाको भवन राज्य संचालनका लागी उपयुक्त नभएको भन्दै उक्त भवन निमार्ण गर्न लागिएको हो ।

‘देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बनधलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो’ प्रधानमन्त्री ओलीले भने, ‘अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ ।’

LEAVE A REPLY