राष्ट्रपतिबाट २२ जना व्यक्तिहरुको सजाय माफ

आज असोज ३ अर्थात् संविधान दिवस । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

उक्त अवसरमा आज राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन९ ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित २ सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

LEAVE A REPLY