यी हुन यस बर्ष मानपदी,अलंकार र पदक पाउने ६३४ व्यक्ति (नामावलीसहित)

सरकारले संविधान दिवसको अवसर पारेर ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ। राष्ट्रका लागि योगदान गर्ने नेता,कर्मचारी,उद्यमी,समाजसेवी,प्रहरी,सेना,साहित्यकार,पत्रकारहरुलाई मानपदवी तथा अलंकार प्रदान गर्न लागिएको हो ।
जसमध्ये महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलाई प्रदान गरिने भएको छ।
त्यस्तै अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन्। त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ। सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ। जसअनुसार प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन्।

यस्तै संविधान दिवसका अवसरमा पत्रकारहरु गगन विष्ट, राजेन्द्र अर्याल, गणेश बस्नेत, यज्ञ शर्मा, गोपाल खनाल, गोपाल गुरागँ, टङ्क पन्त, बलराम थापा, महेश दास, लक्ष्मी पुन, फुलमान वल, डिआर घिमिरे, दुर्गाप्रसाद शर्मा, देवराम यादव, विदुर गिरी, विष्णुलाल बुढा, गोविन्दप्रसाद चौलागाईँ, नितु पण्डित, सिद्धराज राईलगायत विभुषित हुँदैछन् ।

LEAVE A REPLY