दुईओटा नेपाली बसलाई कारबाही

आज भारतमा कानुन विपरीत संचालन हुादै आएकाले दुईवटा नेपाल–भारतमैत्री बसका नाममा रुट परमिटबिना सन्चालन हुँदै आएका लु१ख ८६७५ र ना५ख ४२४४ नम्बरका बसलाई उपक्षेत्रीय परिवहन कार्यालय (एआरटीओ) टनकपुरले कारबाही कारबाही गरेको छ । धार्मिक यात्राको बहानामा एउटै परमिटमा धेरैपटक नेपाल र भारतका यात्री ओसारपसार गरेको उल्लेख गरीएको छ । परमिट सर्त उल्लंघन गरेको कसुरमा बसहरुलाई कारबाही गरिएको जनाइएको छ । पछिल्लो समय बिनाकागजात बसहरु सन्चालन हुन थालेपछि भारतीय प्रशासन र परिवहन कार्यालयले कडाइ गरेको पनि अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

LEAVE A REPLY