प्रेम र प्राप्ती

अक्सर मैले नदिकिनारमा गएर
मन परेका माछाहरुलाइ हेर्न खोजे
मलाइ माझी झै सम्झिएर सायद
सधा झै तिनिहरु यसपाली पनि एकैछिनमा बिलाएर गए ।

स्पर्श गर्न खोजे बगैचामा गएर फुलहरु
तर ती पनि छुनु अघाबै
खसेर माछा झै
हराएर गए कतै ?

मैले।कोइलिको सुमधुर
स्वर आबाज लाई खोज्दै हिडे
अफसोच,सिकारिले जाल
वा
गोलि बिछ्याए झै
खै कसरी बुझे तिन्ले
मेरो बोलि,चाल र भाषालाइ ?
कास त्यो कोइलीचरी पनि
भुर्‍र्‍रर्‍र आकास उढेर गइ!!!

अधेराहरुमा घरागन पाखापखेराहरुमा गएर
जुनकिरिको मधुर जवानिलाइ हेरे
तर उनिहरु मसङ्ग डराएर
खोलासमुन्द्रमा गएर
अनि चिहानकी परि चुडेलको रुपधारण गरे
मैले तिनिहरुलाइ बारम्बार छुने प्रयास गरे
अफसोच उनिहरु धुवा र हावाहरुमा हराएर
अनि गगनमा बिलाए!!!

फर्किएर मध्यरातमा
अन्धकार कोउसिहरुमा गएर
मैले चन्द्रमाको उज्यालो प्रकाशलाइ हेरे
तर मैले देख्नु अघाबै
मेरा आखाहरु भन्दा अलिपर ।।।
जुन पनि अचानक जमिनमा खस्यो!!!

सबै गैसकेपछी अनि अन्तिममा तिमी कुनै घाम
या
मानोउ कि स्वयम स्वर्गकी अफ्सरा झै
गरेर आयोउ
र मेरा आखाको नजिकै आएर बस्योउ
सधा झै त्यसपटक पनि मैले तिमिलाइ
बारम्बार छुन खोजे
अफसोच कुनै निर्जिब
या,
निदाएको नवजात शिशु झै
तर तिमिले कैले
पनि थाह पाएनोउ
अचम्म!! मैले तिमिलाइ झनै मनपराइरहे
सुम्सुम्याइरहे….

रमाइरहे……
यसर्थ कि मेरि आमाको पुजाकोठामा
भगवानको ढुङ्गापथ्थर बरु भत्किएर गयो
बाबुको चट्टान जस्तो बलवान मैदान पनि
बाढिले बगाएर लग्यो
सारा रहरका रङ्गिन थुङ्गाहरु पनि हराएर गए
तर तिमी त्यहा बाट कैले पनि हराएनहु
बरु कुनै बिस्वबिख्यात बिद्दानको अमर स्मारक झै गरेर
चुपचाप यथावत अनन्त उभिनै रह्योउ

कि मेरा स्मृतिहरुमा !!!!!

LEAVE A REPLY